धनगढी १४ चैत/सशस्त्र प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका २ भन्सारबाट भन्सार छली नेपाल ल्याउदै गरेको ३६ लाख बराबारको सुनचादी बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीको गस्ती टोलीले ३६ लाख आठ हजार चार सय ९० रकम बरावरको सुन, चाँदी गहनाहरु बरामद गरेको बताईएको छ ।
‘बिशेष सुराकी आधारमा ३४ गण कैलाली, बिओपि त्रिनगर र बिओपि डोकेबजारको टोलीले पक्राउ गरेको हो’ सशस्त्र धनबहादुर सिहले भने–‘बरामद गरि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाउने प्रकृयामा रहेको छ ।’
‘अहिले पछिल्लो समयमा भारतबाट अबैध रुपमा सुन तस्करी भएकोले पनि हामीले गतिबिधी बढाएको हौ’ प्रहरी उपरिक्षक सिहले भने–‘खुला सिमानाका कारण अबैध तस्करी मौलायको छ ।’ नियन्त्रण गर्न टोली खटाएईएको उनले बताए । सशस्त्रको गस्ती टोलीले सामान पक्राउ गर्ने थाहा पाएपछि सुनचादी छोडेर भारत तर्फनै भागेको बताईएको छ ।