काठमाडौं, १४ चैत । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीविरुद्ध ब्याटिङ गर्ने भएको छ ।टियु क्रिकेट मैदानमा पीएनजीले टस जितेर नेपाललाई पहिले ब्याटिङको लागि निम्तो दिएको हो ।
सिरिजमा नेपाल, पीएनजी र मलेसियाको सहभागिता रहेको छ ।सिरिज अन्तर्गत नेपालले पीएनजी र मलेसियाविरुद्ध दुई–दुई खेल खेल्नेछ ।यस अघि पीएनजीविरुद्धको एकदिवसिय सिरिजमा नेपाल २–० ले पराजित भएको थियो ।
पीएनजीविरुद्ध नेपालको सुरुआती ११
कप्तान सन्दीप लामिछाने, आरिफ शेख, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, करण केसी, अविनाश बोहरा, कुशल मल्ल र रोहित कुमार पौडेल ।