सरस्वती साफरी
धनगढी, १३ चैत/सुदूरपश्चिम महोत्सव २०७८मा दर्शक र अवलोक कर्ताहरुको सहभागिता न्युन देखिएको छ । सुदूरपश्चिमको अस्थायी राजधानी कैलालीको धनगढीमा हरेक बर्ष हुने महोत्सव यस बर्ष भने खल्लो भएको छ । हरेक वर्ष पनि मंसिर २२ गतेद संचालन हुने सुदुरपश्चिम महोत्सव चैत १० गतेबाट धनगढीमा सुरु भएको हो । कोरोना महामारीमा थलापरेको महोत्सव माघमा गर्ने घोषणा गरेता पनि कोरोना संक्रमण बढ्न थालेपछि अन्तिमा आएर स्थगित भएको थियो ।
कोरोना महामारीले विगत दुई वर्ष देखी स्थगित भएको महोत्सव ढिलो गरि संचालन भएपनि दर्शकको साथ भने पाएन ।
समय अनुकुल नभएको कारण सुदूरपश्चिम महोत्सव यस वर्ष राम्रो नभएको धनगढी वडा नं ५की हिमा ताम्राकारले बताइन । ‘सुदूरपश्चिम महोत्सवका लागि पहिला हुने ठाउनै राम्रो थियो’ ताम्राकारले भनिन्–‘मेन रोडबाट केही भित्र भएर होला कतिपय मानिले महोत्सव हुदै छ भनेर प्रचारप्रसार समेत नभएकोले दर्शकको कमी भएको हुन सक्छ ।’
विगतका वर्षमा सुदुरपश्चिम महोत्सवको एक महिना अगाडीबाट तयारी सुरु हुने र सबै मानिसलाई थाहा हुन्थ्यो भने यस वर्ष महोत्सवको बारेमा प्रचारप्रसार नभएको यसोदा फुड प्रालीका व्यापारी भुपालमान विष्टले बताए । स्टल राखेको दुइ दिन भयो व्यापार भने शुन्य छ अहिले सम्म सामान बेचिएको छैन । उनले भने सुदुरपश्चिम महोत्सव गलत समयमा सुरु गरेको छ ।
‘विहानबाट पसल खोलेको व्यापार भने एक भएको छैन, काम गर्ने स्टाफलाई दिनको एक हजार रुपैयामा राखेको छु अब कता बाट पैसा दिने’ स्टल व्यापारी मनिसा भट्राईको गुनासो छ । स्टिल राखेबापत दिनको १५ हजार तिर्नु पर्ने छ भने दिनको एक हजार पनि कमाउन सकेका छैनौ अब १५ हजार कसरी तिर्ने भट्टराईले बताइन ।
पहिलाको ठाउ राम्रो थियो सबैलाई थाहा हुन्थ्यो भने यस वर्ष फरक ठाउमा भएको र धेरैलाई जानकारी पनि भएको छैन भट्टराईले भनिन ठाउ फोहोर र खाल्डा खुल्डी भएको छ । पहिलो दिनमा नै धेरै मानिस लडी सकेका छन् । यस वर्ष धेरै घाटा भएको छ । १/२ दिन सम्म बस्छु तब पनि व्यापार भएन भने स्टिल बन्द गरेर जाने भट्टराईले बताइन ।
जाडो महिनामा सुरु गर्ने सुदुरपश्चिम महोत्सव यस वर्ष गर्मीमा भएको छ । त्यती राम्रो नभएको महोत्सवमा आउने धनगढी–५ का राकेश कर्मचार्यले बताए । ‘यस वर्षको सुदुरपश्चिम महोत्सव ढिलो भयो समय पनि उपयुक्त नभएको हो’ उनले भने–‘यस्तो गर्मी महिनामा मान्छे बाहिर आउन डराउन्छन भने महोत्सव हेर्ने कसरी आउने कर्मचार्यले बताए । महोत्सवमा रमालो छैन ।
मानिसहरु कम छन । पहिले महोत्सव सुरु हुने भने पछि पर्व आएको महसुस हुने दर्शक इन्दु ताम्राकारले बताइन । उनले भनिन यो चोटी खलो छ । बजार व्यवस्थित छैन । महोत्सवमा नया–नया सामान हेर्न पाइन्थ्यो बजार घुम्नमा रमाइलो हुन्थ्यो भने यस वर्ष सबै खाली रहेको र टिकत काटेर भित्र जादा नआए हुन्थ्यो भन्ने महसुुुस भएको ताम्राकारले बताइन ।
मसिंर महिनामा सुरु हुने महोत्सव चैतमा सुरु गरेको छ । १० दिनमा तयारी भएको कैलाली उधोग बाणिज्य संघका सल्लाहाकार सदस्य शिब कुमार फुलाराले बताए । छोटो समयमा तयारी भयो यस वर्ष प्रचारप्रसारको कमी भएकोले पनि सबैलाई जानकारी हुन सकेन स्टिलहरु विगतका वर्षमा सबै भरिने थियो धेरैलाई राख्ने ठाउ नभएर फरकाइने थियो भने यस वर्ष सबै खाली रहेको फुलाराले बताए ।
सुदुरपश्चिम महोत्सवमा खाली रहेका स्टलहरु

सुदुरपश्चिम महोत्सवमा खाली रहेका प्राङ्गण परिसर

सुदुरपश्चिम महोत्सवमा खाली रहेका प्राङ्गण परिसर

सुदुरपश्चिम महोत्सवमा खाली रहेका प्राङ्गण परिसर


