• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट : उपाधि गण्डकी प्रदेशलाई

धनगढी, ११ चैत्र/कैलालीको धनगढीमा सम्पन्न मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ ।

कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकीले प्रतियोगिताको उपाधि उचालेको हो । उपाधि विजेता गण्डकीले दुई लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उप–विजेता बनेको कर्णाली प्रदेशले एक लाख पचास हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

धनगढी स्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६४ रनेको लक्ष्य प्रस्तुत गरेको थियो । ६५ रनको विजयी लक्ष्य पछ्याएर मैदान उत्रिएको गण्डकीले १७.३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

उसका लागि ज्योत्सनिका मरासिनीले ११ र सृजना पौडेल तथा आङ्पेम्बलुम्बा सेर्पाले समान ९÷९ रन बनाइन । बलिङ तर्फ कर्णालीकी श्रीमी सिं थारुले ४ विकेट लिइन । उसकी विना थापाले २ र एन्जीला थापाले १ विकेट लिइन ।

त्यस अघि कर्णालीको पारी किरण कुमारी कुँवरले एक्लै सम्हालिन । ६७ बलको सामना गरेकी उनले टिमलाई २९ रनको योगदान दिइन । बलिङ तर्फ गण्डकीका लागि आकृति तिवारीले २ र मनीषा उपाध्याय तथा ज्योत्सनीका मरासिनीले समान १÷१ विकेट लिइन । खेलको प्लेयर अफ दी म्याच गण्डकीकी ज्योत्सनीका मरासिनी भइन ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी गण्डकीकी ज्योत्सनीका मरासिनी भइन । उनले नगद २५ हजारसहित ट्रफि प्राप्त गरिन । सर्वोत्कृष्ट बलर कर्णालीकी एन्जीला थापा र उत्कृष्ट ब्याटर बागमतीकी हेलिशा गुरुङ भइन । उनीहरूले जनही १०÷१० हजार प्राप्त गरिन ।

प्रतियोगिताको विजेता, उपविजेता तथा सम्पूर्ण विधागत पुरस्कार विजेता खेलाडीलाई शुक्रबार एक समारोहकाबिच सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री तारा लामा तामाङ, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंह, क्यानका सदस्य वीरेन्द्र चन्दलगायतले एक समारोहका बिच वितरण गरेका थिए ।

नेपाल क्रिकेट सङ्घ(क्यान) को आयोजनामा सम्पन्न भएको प्रतियोगितामा सात प्रदेशका यु–१९ महिला क्रिकेट टिमको सहभागिता रहेको थियो ।

शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.