सरस्वती साफरी
धनगढी, १० चैत/क्षयरोगका विरामी बढेका छन् । राष्टिय क्षयरोगका सम्बन्धि एसआर क्षयरोग कार्यक्रमको २०७७÷७८ तथ्याङक अनुसार २८ हजार छ सय ७७ नयाँ रोगी फेला परेका हुन् । बिहिबार धनगढीमा भएको क्षयरोग दिवस कार्यक्रममा सो तथ्याङक सार्बजनिक गरेका हुन् ।
राष्ट्रिय क्षयरोगका सम्बन्धी एसआर क्षयरोग कार्यक्रम अन्तर्गत त्रिशुली प्लसले क्षयरोगका विरामीमा बारेमा वकालत गर्न शुदुरपश्चिमका पाच ओटा जिल्ला अछाम, डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुरमा गर्दे आएको त्रिशुली प्लसका कार्यकारी निर्देशक अच्युत सिटौलाले बताए ।
क्षयरोगका बिषयमा समुदायमा त्रिशुली प्लसले बिभिन्न कार्यक्रम गर्दै आएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले क्षयरोगका विरामीको लागी बजेट बिनियोजित भएपनि त्यसका बारेमा कुनै जानकारी नभएको त्रिशुली प्लसका कार्यकारी निर्देशक सिटौलाले बताए । प्रदेश सरकारको बजेटका बारेमा कुनै जानकारी नभएको उनले जानकारी दिए ।
‘बिरामीहरु टाढाबाट आउनु पर्ने हुर्दा खर्चको व्यवस्था गरेको भए पनि भुक्तानी नभएको अछामका वडा नंं ७ का एक क्षयरोगी विरामीले बताए । ‘विरामीलाई औषधी मात्र निशुल्क दिने गरेको छ’ उनले भने–‘तर यातायात खर्च नहुदा यो प्रभावकारी भएको छैन ।’ विरामीहरुलाई भिटामिन,पोषण यूक्त खानेकुरा आउने जाने खर्च भएको भएको भए सहज हुने रोगीले बताए ।
क्षयरोग अन्त्यका लागी लगानी बढाउ जीवन बचाउ मुख्य नाराका साथ धनगढीमा पनि बिभिन्न कार्यक्रम गरि मनाईएको सशांक कलौनीले जानकारी दिए । आर्थिक बर्ष २०७७/७८ अछाम १४६, बैतडी १६३, बझाङ १५५, बाजुरा १३९, डडेल्धुरा १३२, दार्चुला ८७, डोटी १७५, कैलाली १०८५, कञ्चनपुर ७४१ क्षयरोगीका विरामी पत्ता लगेको बताईएको छ ।