धनगढी, १० चैत/धनगढी उपमहानगरपालिका वडा नम्बर ९ स्थित श्री बंगरा आलु उत्पादन कृषक समूहलाई कृषि सामाग्री वितरण गरिएको छ ।
तरकारी बालीको कृषि उत्पादन केन्द्र आलु पकेट विकास कार्यक्रम ०७८/०७९ अन्तर्गत कृषक समूहलाई ११ लाख रुपैयाँ बराबरको कृषि सामाग्री वितरण गरिएको हो ।
धनगढी उपमहानगरपालिका कृषि शाखा विकास शाखले एक कार्यक्रमको आयोजना गरी कृषि सामाग्री वितरण गरेको हो ।धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले कृषक समूहलाई कृषि सामाग्री वितरण गरेका हुन् ।
कृषक समूहलाई पावर टिलर ५ थान, पावर टिलर ट्रली १ थान, पानी तान्ने मोटर १९ थान, स्पे्रयर ब्याट्रीवाला २७ थान, सर्भिस पाइप २५० किलो, सेक्सन पाइप २५ मिटर, डिजिटल तराजु ५ थान, प्लाष्टिक क्रेट ७५ थान, आलु खन्ने मेसिन १ थान, लहरे तरकारीको बीउ एक लाख रुपैयाँ बराबरको वितरण गरिएको कृषि शाखा प्रमुख लोकराज उपाध्यायले बताए ।