• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

मुख्यमन्त्रीकप यु–१९ महिला राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम र कर्णालीप्रदेश विजयी

धनगढी, ७ चैत्र/कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत सोमबार भएका दुई खेलमा सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी भएका छन् ।

सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनायो । १ सय ८ रनको विजयी लक्ष्य सहित जवाफी ब्याटिङ थालेको सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । सुदूरपश्चिमलाई जिताउन मनीषा चौधरी र यशोदा विष्टले ६३ रनको अविजित साझेदारी गरिन । सुदूरपश्चिमका लागि मनीषाले व्यक्तिगत ३०, अनु कठायतले २७ र यशोदाले ११ रन बनाइन् ।बलिङ तर्फ लुम्बिनीकी शुस्मिता भुसालले १ विकट लिइन ।

त्यस अघि पहिलो इनिङमा लुम्बिनीकी जिज्ञासा थापाले ३२, रन्जु श्रेष्ठले २५, आस्मा पुलामी मगरले १६ र यमुना थारुले अविजित १५ रन बनाइन । बलिङ तर्फ सुदूरपश्चिमकी मनीषा चौधरी, जानकी थापा र स्नेहा महराले समान १/१ विकेट लिइन । खेलको प्लेयर अफ दी म्याच सुदूरपश्चिमकी मनिष घोषित भइन ।

सोमबार भएको दोस्रो खेलमा कर्णालीप्रदेशले बागमती प्रदेशलाई ९ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङका लागि मैदान उत्रिएको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर ६७ रन मात्रै बनाउन सक्यो । ६८ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १२.२ ओभरमै १ विकेट गुमाएर लक्ष्य भेट्टायो । कर्णालीको जितमा तिर्सना विश्वकर्माले अविजित २२ रन बनाइन । उसकी किरण कुमारी कुँवर १७ रन बनाएर रन आउट हुनपुगिन ।

त्यस अघि बागमतीका लागि हेलिसा गुरुङले अविजित ३४ रन बनाउनु बाहेक अन्य ब्याटरको प्रदर्शन सम्झन लायक बन्न सकेन । बलिङ तर्फ कर्णालीकी एन्जिला थापा र विना थापाले समान २//२ तथा श्रीमा सिं थारु र तिर्सना विश्वकर्माले समान १/१ विकेट लिइन । खेलको प्लेयर आफ दी म्याच तिर्सना चुनिइन ।
नेपाल क्रिकेट सङ्घ(क्यान) को आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले पाँच लाख र दोस्रो हुनेले तीन लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा ७प्रदेशका सात १९ वर्ष मुनीको महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागिता रहेको सङ्घका प्रदेश अध्यक्ष हरि रेग्मीले बताए । ११ गते सम्म चल्ने प्रतियोगिताको प्रवर्द्धक सुदूरपश्चिमप्रदेश खेलकुद परिषद् रहेको छ ।

सोमबार, चैत ०७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.