काठमाडौँ,४ चैत । अभिनेता पल शाहविरुद्ध एकजना नाबालिग गायिकामाथि बलात्कार अभियोगमा बिहीबार नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
शाहविरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जबर्जस्ती करणी गरेको मुद्दा दर्ता गरेको हो। शाहविरुद्ध मुद्दा चलाउने क्रममा जिल्ला सरकारी वकिलको कार्यालयले १६ पृष्ठ लामो अभियोग पत्र तयार पारेको छ।
अभियोग पत्रमा पीडित भनिएकी नाबालिग गायिकाका बुवाले दिएको जाहेरीलाई प्रमुख आधार मानिएको छ। तनहुँमा जस्तै गायिकाका बुवाले इलाका प्रहरी कार्यालय गैँडाकोटमा पनि जाहेरी दिएका थिए। जहाँ पहिलो पटक घटना भएको बताइएको छ।
गायिकाका बुवाले जाहेरीमा आफ्नी छोरीलाई गैँडाकोट नगरपालिका–५ स्थित गैँडाकोट रिसोर्टमा सुटिङका लागि भन्दै लगेर पाँच दिनसम्म रिसोर्टको कोठामा राखेर जबरजस्ती करणी गरेको उल्लेख छ।
छोरीले विगत ३ महिनादेखि गीत संगीतमा मन नलगाउने, एकोहोरो बस्ने गरेको देखेर सोधपुछ गर्दा नेपाली सिने जगतका प्रख्यात कलाकार पल शाह भन्ने पूर्णविक्रम शाहले छोरीलाई विभिन्न ठाउँहरुमा भिडियो सुटिङमा जाने क्रममा तिमीलाई विवाह गर्छु भन्ने आश्वासन दिई पटकपटक जवरजस्ती करणी गरेकोु, जाहेरीमा भनिएको थियो,ुमिति २०७७र१२र७ गते समेत गैँडाकोट नगरपालिका वडा नं। ५ स्थित गैँडाकोट रिसोर्टमा एकदिन सुटिङको लागि लगेकोमा सुटिङ क्यान्सिल गरी प्रतिवादी पल शाह भन्ने पूर्णविकम शाहले छोरीलाई पाँच दिनसम्म रिसोर्टको कोठामा राखी पटक(पटक जबरजस्ती करणी गरेको भनि नाबालिग छोरीले बताएको हुँदा छोरीलाई विवाहको आश्वासन दिई पटकपटक जबरजस्ती करणी गर्ने निज प्रतिवादीलाई कानुनबमोजिम कारबाही गरी पाऊँ भन्ने समेत ब्यहोराको जाहेरी दरखास्त परेको थियो।
त्यसैगरी अभियोग पत्रमा घटना भएको भनिएको ठाउँमा पल शाह र पीडित नाबालिग बसेको देखिएको उल्लेख छ।मिति २०७७ चैत ७ र ८ गते गैँडाकोट रिसोर्टको कोठा नम्बर १०१ र १०२ समेतमा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह तथा पीडित समेतको सुटिङ युनिट बसेको भन्ने उक्त रिसोर्टको इन्ट्री बुकको प्रतिलिपि तथा घटनास्थल मुचुल्का समेतबाट देखिएकोु, भनेर अभियोग पत्रमा पुष्टि गर्न खोजिएको छ।
त्यसैगरी प्रहरीले सरकारी वकिलसमक्ष गराएको बयानलाई पनि आधार बनाएको छ। ‘पीडितले प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले जाहेरी व्यहोरा अनुसार गैडाकोट रिसोर्टको १०२ नं।को कोठामा राति म सुतिरहेको अवस्थामा म्यासेज गरी ढोका खोल्न लगाई विवाह गर्छु भनी मेरो इच्छा विपरीत पटक(पटक जबरजस्ती करणी गरेका हुन् भन्दै प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले गरेको कसुरलाई पुष्टि हुने गरी कागज गरिदिएको देखिएको’, अभियोग पत्रमा भनिएको छ।
गैँडाकोट रिसोर्ट सञ्चालिका तथा उक्त रिसोर्टका कर्मचारीले मिति २०७७।१२।६ गतेदेखि प्रतिवादी तथा पीडितसहितको सुटिङ युनिटले रिसोर्ट बुकिङ गरी ३ दिनसम्म बसेका अभियोग पत्रमा उल्लेख छ।
उक्त अवधिमा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई जबरजस्ती करणी गरेको कुरा जाहेरी परेपछि थाहा पाएको हो भन्ने व्यहोरा उनीहरुले उल्लेख गरेका छन्।
सुटिङ युनिटसँगै आएका अर्जुनप्रसाद तिवारी र छत्रबहादुर श्रेष्ठले पनि मिति २०७७।१२।०७ गते सुटिङका क्रममा गैँडाकोट रिसोर्टमा ९ गतेसम्म बसेका उल्लेख छ। उक्त रिसोर्टको १०१ नम्बर कोठामा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह र त्यही कोठासँग जोडिएको १०२ नम्बरको कोठामा पीडित बसेका अभियोग पत्रमा उल्लेख छ।
उक्त समयमा प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको भन्ने हामीले थाहा पाएको हो भन्ने व्यहोरा लेखाएको देखिएबाट प्रतिवादी पल शाह भन्ने पूर्णविकम शाह र पीडित परिवर्तित नाम गैँडाकोट ५ (क) रिसोर्टमा बसेकोमा विवाद नदेखिएकोु, आधार अभियोग पत्रमा उल्लेख गरिएको छ।
अभियोग पत्रको अर्को आधार पीडितले मलाई प्रतिवादीले गैँडाकोट रिसोर्टमा जबरजस्ती करणी गरेका हुन् भनी किटानी कागज गराएको कागजलाई मानिएको छ। त्यस पुष्टि गर्दै ‘पीडित गायिकाको यौनाङ्ग (ज्थभलस् ठ, छ ण्’अयिअप उयकष्तष्यल) मा च्यातिएको भन्ने शारीरिक परीक्षणबाट देखिएकोले’, अभियोग पत्रमा भनिएको छ, ‘प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडित परिवर्तित नाम गैँडाकोट ५ (क) लाई उक्त रिसोर्टको कोठा नम्बर १०२ मा पटकपटक जवरजस्ती करणी गरेको भन्ने पुष्टि भएको देखिन्छ।’
पल शाहले पनि दिएको बयानलाई समेत अर्को आधार मानिएको छ। जसमा उनले मैले जबरजस्ती करणी गरेको होइन भन्ने इन्कारी बयान दिए पनि मिसिलमा संलग्न अडियो रेकर्डमा भएको आवाज आफ्नो भएको, वारदात मिति समयमा पीडितसँग सँगै बसेको तथ्यलाई स्वीकार गर्नुलाई अभियोग पत्रमा अर्को आधारका मानिएको छ। ‘जाहेरी व्यहोरा र पीडितको कागज समेतलाई अन्यथा हुन् भनी खण्डन गर्न नसकेको देखिएबाट प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले जाहेरवालाको नाबालिग छोरीलाई जबरजस्ती करणी गरेको भन्ने पुष्टि भएको देखिन्छ,’ अभियोग पत्रमा भनिएको छ।
अभियोग पत्रलाई बलियो बनाउने क्रममा पलकै साथीका रुपमा चिनिएका दुर्गेश भन्ने दुर्गाबहादुर थापा, सम्राट चौलागाईं र सरोज उपनामका पुण्यप्रसाद ओलीको बयान कागजलाई पनि उल्लेख गरिएको छ।
पलविरुद्ध बयान दिएका उनीहरुले म्युजिक भिडियो सुटिङ गर्न विभिन्न ठाउँमा लगि जबरजस्ती करणी गर्दै आइरहेको र मिति २०७७।१२।७ गते पनि गीत सुटिङ गर्न गैँडाकोटमा आएका बेला गैँडाकोट रिसोर्टमा जवरजस्ती करणी गरी यौन शोषण गरेको भनी पीडितले रुँदै बताएकीले हामीले पीडितलाई उजुरी गर्न सल्लाह दिएको व्यहोरा अभियोग पत्रमा उल्लेख गरेका छन्।
यस्तो छ पल शाहको बयान !
म विगत १० वर्षदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरि मोडल तथा नायकको भूमिकामा काम गर्दै आइरहेको छु । यसै क्रममा २०७७ साल चैत महिनाको पहिलो हप्ता काजिश श्रेष्ठ, शान थापा, शिव बिकले निर्देशन गरेको सुर्ती माड्दै माड्दै, चरीले, तामा पित्तल, छड्के सलाम भन्ने गीतको म्युजिक भिडियो सुटिङको लागि सम्झौता भएकोले मिति २०७७।१२।४ गते काठमाडौँबाट नवलपरासीको कावासोतीस्थित आई लोकेशन हेरि बसेको हो ।
अर्को दिन ५ गते “चरीले भन्ने गीतको म्युजिक भिडियोको सुटिङ गरिसके पश्चात पीडित परिवर्तित नाम २०७८ गैडाकोट ५ (क) सुर्ती माड्दा माड्दै गीतको म्युजिक भिडियो सुटिङको लागि आई थारु कल्चर भन्ने ठाँउमा अरु केटी मोडलसँग बास बसेकी थिइन्। अर्को दिन ६ गते सुर्ती माड्दै गाड्दै गीतको गायिका तथा नायिका पीडितसँग मैले सुटिङ गर्दै जाँदा नभ्याइएकोले सुटिङ युनिट सबैजना चितवन जिल्लाको सौराहा भन्ने ठाँउमा गएर बसेको हो।
७ गते बिहान सौराहामा ुतामा पित्तलु भन्ने गीतको म्युजिक भिडियो सुटिङ गरी बेलुका खाना खाई राती १२:१५ बजे सुटिङको टिममध्ये क्यामरा म्यान निर्देशक,म र पीडित गैडाकोट रिसोर्टमा आइसकेपछि म समेतले रक्सी सेवन गरेको हो। उक्त समयमा पीडित कोठामा सुतेकी थिइन्। पछि सुटिङ युनिट आइपुगेपछि हामी आ–आफ्नो कोठामा सुत्न गएका हौं।
अर्को दिन ८ गते छड्के सलाम गीतको सुटिङको लागि सुटिङस्थल जाने क्रममा होटलका साहुले पीडित राति मेरो छोरीसँग सुतेको भनी बताएका थिए । त्यसपछि हामी नारायणी पुलमा गई सुटिङ गरेका हौं। सोही दिन अन्दाजी रातको १०:३० बजेको समयमा सुटिङ युनिटसहित गैडाकोट रिसोर्टमा आई बसेको हो। म उक्त रिसोर्टको कोठा नं.१०१ मा बसेको थिए भने पीडित कोठा नं.१०२ मा बसेकी थिइन्।
म र पीडित सुत्ने कोठा सँगसँगै भएको कारणले म रातको११:३० बजे पीडितको कोठामा जाँदा हिजो निजलाई एक्लै सुत्दा डर लागेको र होटल सञ्चालकको छोरीसँग सुतेको कुरा मैले थाहा पाएकोले तिमीलाई हिजोको जस्तो डर त लागेको छैन नी, ल राम्रोसँग सुत भनी म आफ्नो कोठामा गई सुतेको हो।
अर्को दिन ९ गते विहान उक्त रिसोर्टमा सुर्ती माड्दा माड्दै गीतको केही अंश सुटिङ गरि नारायणी पुल नदी किनारामा छड्के सलाम गीतको भिडियो अञ्जली अधिकारी, सुधीर श्रेष्ठ र म समेतका कलाकारले सुटिङ सकेर काठमाडौं फर्किएको हो ।
काठमाडौं फर्किएपछि म र पीडितले भिडियो प्रमोसनको लागि अन्तर्वार्ता दिने गरेका थियौं । हामीबीच राम्रै म्यासेज आदानप्रदान भइरहेको थियो। २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरुमा सुटिङ सकेपछि त्यसको करिब एकरदुई महिनापछि पीडितले मलाई फोन गरि ुतपाईँको र मेरोबारेमा बाहिर स्टुडियोहरूमा कुरा काटिरहेका छन् भनेकी थिइन्। त्यसपछि हामीबीचमा विवाद सिर्जना हुँदै जाँदा गजब टिभीका सञ्चालक सरोज वली, दुर्गेश भन्ने दुर्गाबहादुर थापा, योगेश काजीसँग यो विवादको विषयमा सल्लाह लिएको हो।
सोही विवादको विषयमा २०७८ साल असार महिनामा मध्य बानेश्वरस्थित होटलमा निजहरु तथा म र पीडित समेत बसी छलफल गर्दा आजै पीडितसँग विवाह गर्ने भनि जोड गरेको हुँदा तीन बर्षसम्म हामीसँगै मिली काम गर्ने र पीडित २० वर्ष पुगेपछि विवाह गर्ने भनी हामीबीच मौखिक सहमति भएका हुन्।
पुनः पीडितले “मलाई तपाईँको गर्ल फ्रेन्ड्स वा श्रीमतीको रुपमा चिनाउनु पर्यो” भनी बारम्बार म्यासेज गर्न थालेपछि मैले तिमी आफ्नो तरिकाले गर भनी वादविवाद भएको केही समयपछि निज पीडितको तर्फबाट जिल्ला प्रहरी कार्यालय तनहुँमा म उपर उजुरी परेको हुँदा म मिति २०७८/११र१५ गते प्रहरी कार्यालयमा उपस्थित भएकोमा इलाका प्रहरी कार्यालय गैँडाकोटमा समेत म विरुद्ध उजुरी परेकोले मलाई मिति २०७८/११र२३ गते उक्त कार्यालयमा ल्याइएको हो ।
मिति २०७७ चैत्र ७ गते राति रिसोर्टमा मैले मादक पदार्थ सेवन गरेको हो । मैले पीडितलाई मादक पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको भन्ने व्यहोरा झुठा हो। पीडित तथा जाहेरवालाले म उपर किन जाहेरी दिए मलाई थाहा भएन। म र पीडित बीच प्रेम सम्बन्ध थिएन। बाहिर आएको अडियो क्लिप मिति २०७८ साल असार महिनामा हामीबीच भएको छलफलको अडियो क्लिप हो। उक्त अडियोमा भएको आवाज मेरो हो। सोमा भएको कुनै आवाज मेरो नभएको जस्तो लाग्छ। उक्त अडियो क्लिपमा भएको शब्द मैले प्रतिवाद गर्दा उच्चारण भएको हो। मलाई पीडितले स्वीकार गर्नुपर्छ भनेको हुँदा मैले केही ठोस प्रमाण भएमा देखाउनुहोस् भन्दै अरु प्रेमी–प्रेमिकाको उदाहरणसहित स्पष्ट पारेको हो। निजलाई मैले जबरजस्ती करणी गरेको होइन।
