• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भारतले पठायो नेपाली राजदूत शंकर शर्माको एग्रिमो

काठमाडौँ, २ चैत । भारतका लागि नेपाली राजदूतमा प्रस्तावित डा. शंकर शर्माको एग्रिमो नयाँ दिल्लीले पठाएको छ।भारतीय विदेश मन्त्रालयले बुधबार प्रस्तावित राजदूतको नाम सहमति दिएको हो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार शर्माको नाममा बुधबार मात्रै भारतले सहमति दिएको हो।यससँगै अब शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नै राजदूतमा नियुक्त गरेको घोषणा गर्नेछिन्।

उनले आगामी सात राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ समेत लिनेछन्।शेरबहादुर देउवा नेतृत्वको सरकारले गत कात्तिक ११ गते शर्मासहित तीन देशका लागि राजदूत सिफारिस गरेको थियो।

अमेरिका र बेलायतबाट एग्रिमो आइसकेर ती दुवै देशमा नेपाली राजदूतहरुले कार्यभार सम्हालिसकेका छन्।अमेरिका र बेलायतका लागि क्रमशस् श्रीधर खत्री र ज्ञानचन्द्र आचार्य नियुक्त भइसकेका छन्।

सामान्यतया भारतले तीन महिनाभित्र राजदूतका नाममा सहमति दिने गरेको थियो। तर यस पटक तीन महिना एक सातापछि सहमति पठाएको हो।

शंकर शर्मा
भारतका लागि राजदूतमा प्रस्तावित शर्मा ख्याति प्राप्त अर्थविद् हुन्। शर्माले अमेरिकाको हवाई युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरेका छन्। सन् २००२ देखि २००६ सम्म उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए।

सन् २००९ देखि २०१३ सम्म अमेरिकाका लागि नेपाली राजदूत रहँदा प्रभावकारी कूटनीति सञ्चालन गरेकोमा वाहवाही कमाएका थिए।

शर्माले पिसकोर भोलिन्टियर नेपालमा पुनः फर्काउन, अमेरिकी संसदमा नेपाल ‘ककस’ समूह खडा गर्न र अमेरिकासँग व्यापारसम्बन्धी द्विपक्षीय टिफा सम्झौता गराउन महत्वपूर्ण भूमिका खेलेका थिए।

यस्तै त्यहाँस्थित नेपाली समुदायमाझ उनले राम्रो छवि बनाउन समेत सफल भएका थिए। त्यसबेला राजनीतिक कोटामा राजदूतको नियुक्ति पाएकामध्ये उत्कृष्ट ‘पर्फमेन्स’ देखाउने शर्मा पनि एक थिए।

 

बुधबार, चैत ०२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.