धनगढी,१ चैत/नवजीवन सहकारी संस्था लिमिटेडका नव निर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन् । मङ्गलवार एक कार्यक्रमका बिच नव निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण गराएको हो ।
संस्थाका नव निर्वाचित पदाधिकारीहरूलाई प्रमुख निर्वाचन अधिकृत डा। लोक बहादुर विष्टले शपथ खुवाएका हुन् । सहकारीको २८ औँ चुनावी साधारण सभाबाट अध्यक्षमा देव बहादुर बम, उपाध्यक्षमा चेतराज ओझा विजयी भएका हुन् ।यसै गरी सदस्यहरूमा इन्दिरा जैशी,उत्तम जोशी ,गोपालराज पाठक,केशवराज मिश्र डा महेशराज विष्ट,घन बहादुर शाह, उपेन्द्र विष्ट, शिवकुमार जोशी फुलारा, गणेश बम, जयराज जोशी र विश्वनाथ ओझा विजयी भएका थिए ।
त्यसैगरी सहकारीको लेखा सुपरिवेक्षणको संयोजकमा चेतराज जोशी लेखा सुपरिवेक्षण सदस्यमा गणेश प्रसाद उपाध्याय र लक्ष्मीराज पन्त विजयी भएका हुन् ।