काठमाडौं, ३० फागुन । आईसीसी विश्वकप लिग दुई अन्तर्गतको सिरिज खेल्न नेपाली टोली यूएई प्रस्थान गरेको छ ।नेपाली क्रिकेट टोली आइतबार बिहान श्रीलंकाबाट सिरिज खेल्न यूएई प्रस्थान गरेको हो ।
सिरिजको लागि नेपालले एक साता श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो ।नेपालले पहिलो तीन अभ्यास खेलमा जित हात पारेको थियो भने अन्तिम खेलमा पराजित भएको थियो ।
नेपालले लिग दुई अन्तर्गतको आफ्नो तेस्रो सिरिजमा घरेलु टोली यूएई र पपुवा न्यू गिनी ९पीएनजी० विरुद्ध खेल्ने छ ।सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध खेल्नेछ ।
नेपाल र पीएनजीबीचको खेल चैत्र २ मा शारजहा क्रिकेट मैदानमा हुनेछ ।नेपालले दोस्रो खेल युएईविरुद्ध चैत्र १८ मा खेल्नेछ ।नेपालको तेस्रो खेल युएईविरुद्ध नै चैत्र ७ मा हुनेछ ।
नेपालले अन्तिम खेल पीएनजीविरुद्ध चैत्र ८ मा खेल्नेछ ।लिगमा नेपाले हालसम्म दुई सिरिज खेलिसकेको छ ।नेपालले ८ खेलमा ४ जित निकाल्दै ८ अंकका साथ अंक तालिकाको छैठौं स्थानमा रहेको छ ।
यता पीएनजी १२ खेलमा १२ हार व्यहोर्दै बिना कुनै अंक तालिकाको पुछारमा रहेको छ ।यूएई भने १४ खेलमा ७ जित र एक बराबरीसहित १६ अंकको साथ तालिकाको तेस्रो स्थानमा छ ।