काठमाडौं,२७ फागुन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन्। अन्तरराष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घनलाई रोक्न अन्तरराष्ट्रिय सहयोग र ऐक्यबद्धताको निम्ति पनि उनले आह्वान गरेका हुन्।
संयुक्त राष्ट्रसंघको महासभामा अन्तरराष्ट्रिय सहयोग अभिवृद्धि गर्ने बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्। रुस(युक्रेन द्वन्द्वलाई उद्धृत गर्दै गुटेर्रेसले शान्ति सबैभन्दा महत्त्वपूर्ण विश्वव्यापी सार्वजनिक हित भएको र यसलाई सहयोग पुर्याउन संयुक्त राष्ट्र संघको स्थापना भएको पनि गुटेरेसले बताएका छन्।