काठमाडौं, २७ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ३–१ गोल अन्तरले हराएको हो ।
खेलको तेस्रो मिनेटमा ट्रेभो चालोबहले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।मासन माउन्टले १४ औं मिनेटमा गोल गर्दै चेल्सीको अग्रता २–० को बनाए ।
खेलको ६९ औं मिनेटमा टिमु पुकीले पेनाल्टीबाट गोल गर्दै नर्विचलाई २–१ को स्थितिमा ल्याए ।त्यसपछि खेलको ९० औं मिनेटमा काइ हार्भट्जए गोल गर्दै चेल्सीलाई ३–१ को जित दिलाए ।
यस जितसँगै चेल्सीले २७ खेलमा ५६ अंक जोडेको छ ।चेल्सी तेस्रो स्थानमा रहेको छ ।नर्विच १७ अंक जोडेर पुछारमा रहेको छ ।