धनगढी,२२ फागुन । धनगढीमा जारी सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा चौथो दिन भएको खेलमा फ्रेन्ड्स क्लब काठमाडौँ विजयी भएको छ।धनगढी रंगशालामा आइतवार क्यामरुनको एभेनिरलाई २–० गोल अन्तरले पराजित गर्दै हिमालयन फ्रेन्ड्स क्लब विजयी भएको हो ।
आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ ।
उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।