धनगढी १८ फागुन/डोटीको जोरायल गाउपालिका क्षेत्रमा औद्योगिक गुरु योजना तथा उद्योग स्थापनाका लागि सम्भाव्यता अध्यनका लागि सुझाव संकलन गरिएको छ ।घरेलु तथा साना उद्योग कार्यालय डोटीको आयोजनामा बुधबार जोरायलमा एक कार्यक्रमको आयोजना गरी सबै वडाका अध्यक्ष तथा गाँउपालिका अध्यक्ष दुर्गा ओझाको सहभागितामा कार्यक्रम गरिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय डोटीका प्रमुख दिपेन्द्र शाहले ग्रामीण क्षेत्रमा रहेको औद्योगिकरण क्षेत्रको पहिचन गरी प्रबर्दन गर्ने उदेश्यले सुझाव संकलन गरिएको बताए । ‘हामीले स्थानीय तहका प्रमुख, वडा अध्यक्ष र सरोकारवालासंग सुझाव संकलन गरेका छौ’ प्रमुख शाहले भने–‘सुझावकै आधारमा आगामी कार्यक्रम बनाउने हो ।’
कार्यक्रममा बोल्दै जोरायल गाँउपालिका अध्यक्ष दुर्गा ओझाले स्थानिय क्षेत्रका उत्पादन पहिचान गरी औद्योगिकरण गरे मात्रै जिवन स्तर अघाडी बढ्ने बताए । जोरायल क्षेत्रमा बास्मती चामल, बेसार, अदुवा, ममफली र टुमुरको प्रसस्त सम्भावन भएकोले यस्ता क्षेत्रमा कार्यक्रम ल्याउन पालिका लागि परेको बताए ।
नागरिक व्यबसायीकरण भए मात्रै समाज आर्थिक उन्नती तर्फ अघाडी बढ्ने अध्यक्ष ओझाको भनाई थियो ।