धनगढी,१४ फागुन । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप चार जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३१ नमुना परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । सोही अवधिमा दुई जना अस्पताल भर्ना भएका छन् ।हाल अस्पतालमा तीन जना संक्रमित विरामीको उपचाररत छन् ।