धनगढी,१३ फाल्गुन । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २६ नमुना परीक्षण गरिएकोमा थप तीन जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै २४ घण्टामा तीनजना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । हाल अस्पतालमा एकजना संक्रमित विरामी उपचाररत छन् । यस्तै पछिल्लो २४ घण्टामा कैलालीका थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्बर १ का ७२ बर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।