काठमाडौँ, १२ फाल्गुन । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं सोह्रखुट्टेका ५१ वर्षीय छत्र बहादुर रोका क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ।क्षेत्रीमाथि उच्च अदालत पाटनको मिति २०७७ मंसिर २६ गतेको फैसलाले पाँच लाख रुपैयाँ जरिवाना तोकेको थियो।
फरार रहेका क्षेत्रीलाई अपराध महाशाखाको टोलीले सुन्धाराबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा बुझाइएको छ।
