फाल्गुन । जिल्ला वन कार्यालय सिमरा, बाराका तत्कालीन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरेसमेत ४ जना उपर भ्रष्टाचार मुद्दा दायर भएको छ। सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप–पत्र दायर गरेको हो।
अख्तियारले तत्कालीन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरे, सहायक वन अधिकृत बिन्देश्वर प्रसाद पटेल र सहलेखापाल जनक राज जोशी तथा जागरण विकास केन्द्र नेपाल, सिम्रौनगढ९११ का अध्यक्ष मदन प्रसाद जैसवारविरुद्ध मुद्दा दायर गरेको जनाएको छ।
सहायक वन अधिकृत पटेलले वृक्षरोपण गर्न विनियोजित रकम विरूवासमेत वृक्षारोपण नगरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन जिल्ला वन कार्यालय, बाराले आब २०७३/०७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सिम्रौनगढ नपास्थित उचिडिहमा वृक्षारोपणका लागि विनियोजित रकम रु.३ लाख ६० हजार रुपैयाँ हिनामिना गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।