• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

रङ्गशाला जङ्गलमा परिणत भएपछि…….

धनगढी, ९ फागुन/कैलालीको टीकापुर खेलकुदका लागि निकै सम्भावना भएको क्षेत्र हो । टीकापुरमा बस्ती विस्तारका समयमा खेलकुद विकासको सम्भावनालाई मध्यनजर गर्दै धेरै काम अगाडि बढाइएकोे थियो।

पछिल्लो समय संघीय तथा स्थानीय सरकारले यहाँको खेलकुद प्रवद्र्धनमा ध्यान नदिँदा टीकापुरले पाउनुपर्ने सफलता अझै पाउन सकेको छैन । टीकापुर नगर खेलकुद विकास समितिको नाममा अहिले पनि २२ बिघा जग्गा छ । सरकारले अहिलेसम्म त्यो रङ्गशालाको स्तरोन्नतिका लागि करोडको लगानी गरिसकेको छ ।

राज्यको करोडौँ खर्च भएको रङ्गशाला जङ्गलमा परिणत छ । निर्माण भएका संरचना पनि संरक्षणको अभावमा काम नलाग्ने अवस्थामा पुगिसकेका छन् । खेलकुद क्षेत्रमा भएको राज्यको लगानीबाट अहिलेसम्म खेलाडीले फाइदा लिन सकेका छैनन् । यहाँ खेलकुदका गतिविधि सञ्चालन गर्न वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयको खेलकुद मैदान एक विकल्पका रुपमा छ । स्थानीय सरकारदेखि अन्य सङ्घसंस्थाले आयोजना गर्ने खेलकुदका गतिविधि त्यहीँ विद्यालयको खेलकुद मैदानमा हुने गरेका छन् । केही साना खेलकुद प्रतियोगिता टीकापुरको खुला मैदानमा हुने गरेको भए पनि त्यो खेलकुदका लागि व्यवस्थित बनाउन सकिएको छैन ।

पछिल्लो समयमा टीकापुर क्षेत्रमा खेलकुदका गतिविधि निकै कम भएको स्थानीयवासी भरत भण्डारीले बताए । “कुनै बेला टीकापुरमा महिनैपिच्छे खेलकुद प्रतियोगिता हुनेगर्थे । भएका संरचनाको युवा आफैँ पनि सरसफाइलगायतका काम गरेको देखिन्थ्यो । अहिले त्यो हराएको छ ।” उनले भने, “खेलप्रति खेलाडीको रुचि पनि कम भएको होकीजस्तो देखिन्छ । खेलकुदका गतिविधि नहुँदा युवा सामाजिक आपराधिक घटनामा लाग्ने हुन कि भन्ने चिन्ता बढेको देखिन्छ ।”

स्थानीय सरकारको खेलकुद क्षेत्रमा खासै लगानी पनि हुन नसकेको र खेलाडीले खेलकुदमा भविष्य नदेखेकै कारण पनि खेल र खेलाडीमा कमी आएको उनको भनाइ छ । पछिल्लो समय खेलकुदका गतिविधि हुन छाडेपछि खेलाडीसमेत विस्थापित हुँदै गएका छन् । टीकापुर नगर खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मण थापाले खेलकुदका क्षेत्रमा टीकापुरमा थुप्रै सम्भावना भए पनि यसको सदुपयोग हुन नसकेको बताए । उनले टीकापुरमा खेलकुदको लागि पर्याप्त जग्गा भए पनि लगानी हुन नसक्दा समस्या भएको जानकारी दिए । टीकापुर नगर प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरमा संरचनागत विकासको लागि नगरपालिकाले पहल गर्दै आएको दाबी गरे ।

उनले सानोतिनो क्षेत्रलाई भन्दा पनि रङ्गशालालाई नै निर्माण गरी अगाडि बढ्ने योजना रहेको जनाउँदै खेलाडीको विषयमा नगरपालिकाले थुप्रै कार्यक्रममा सहयोग र सहकार्य गर्दै आएको जानकारी दिए। दुई वर्ष कोरोना सङ्क्रमणका कारण नगरपालिकाले गर्दै आएको मेयर तथा उपमेयर कप सञ्चालन गर्न नसकेको र अहिलेको परिस्थितिले पनि खेलकुद क्षेत्र चलायमान नभएको नगर प्रमुख रावलको भनाइ छ ।

“रङ्गशालाको कामलाई अगाडि बढाउन खोजेका थियौँ । त्यसमा थुप्रै काम पनि भएका छन् । अन्य खेलकुद मैदानमा पनि काम नै नभएको भन्ने होइन । काम भएका छन् ।” उनले भने, “हामीले सम्भावनालाई हेरेर खेल क्षेत्रको विकासलाई अगाडि बढाउँदै आएका छौँ । कुनै प्रतियोगितामा सहभागी हुन होस् वा नगरमा हुने खेलकुद प्रतियोगितामा हामीले सहयोग र समन्वय गर्दै आएका छौँ ।”

सोमबार, फागुन ०९, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.