धनगढी, ९ फाल्गुन । कैलालीमा विवाहमा झगडा हुँदा युवाहरुबीच कुटाकुट हुँदा एक युवाको मृत्यु भएको छ।कुटपिटबाट भजनी नगरपालिका ९ का २५ वर्षीय वसन्त चौधरीको आइतबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
विवाहमा वसन्तसहित सोही ठाउँ बस्ने २० वर्षीय दिनेश विष्ट, गणेश सिंह, २५ वर्षीय लक्ष्मण बराल, २३ वर्षीय किशन बडैला, २३ वर्षीय प्रदिप कार्की, २५ वर्षीय दिपक अवस्थीलगायतका व्यक्तिहरू नाचगान गर्नेक्रममा विवाद भएको थियो।
सोही क्रममा कुटपिटबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खड कैलाली हुँदै मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। कुटपिटमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
