धनगढी, ७ फाल्गुन । कञ्चनपुरमा लागूऔषध चरेशसहित कैलालीका २ जना पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका–५ गजरौलाबाट करिब ९ सय ३४ ग्राम अवैध लागूऔषध चरेश सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका–३ मालाखेती बस्ने १९ वर्षीय प्रकाश दत्त पन्त र सोही ठाउँ बस्ने ४९ वर्षीय राज दत्त पन्त रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। दुवैजनामाथि थप अनुसन्धान भइरहेको छ।