काठमाडौं, ७ फागुन । कुशल भुर्तेलले जारी टी–२० विश्वकपको ग्लोबल छनोटमा सानदान शतक प्रहार गरेका छन्।योसँगै उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन्।
उन्नाइसौं ओभरको तेस्रो बलमा एक रन लिदैँ कुशलले शतक पूरा गरेका हुन्। उनले ५७ बलमा शतक पूरा गरेका थिए।उनीअघि नेपालबाट पूर्वकप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन्।
पारसले २०१९ मा सिंगापुरविरुद्ध त्रिदेशीय शृंखलाका क्रममा १०६ रनको शतकीय पारी खेलेका थिए।यस्तै ज्ञानेन्द्रले सोहीवर्ष भएको १३औं दक्षिण एसियाली खेलकुद९साग०मा भुटानविरुद्ध १०७ रनको पारी खेलेका थिए।
यसअघि यसै खेलमा उनी यसै खेलमार्फत नेपालबाट टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक ५ अर्धशतक प्रहार गर्ने खेलाडी बनेका थिए।