धनगढी, ५ फागुन/नेपाल साँस्कृतिक संघको कैलाली मोहन्याल गाउँपालिकाको स्तरिय समिति गठन गरिएको छ । कैलाली मोहन्याल गाउँपालिकाका लोकतान्त्रिक स्रष्टाहरुको भेलाले यशोदा बमको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
तदर्थ समितिको उपसभापति भैरब ताडी, सचिब निर्मला भाट, कोषाध्यक्ष झरना बम मल्ल र सहसचिब दानबहादुर ताडी चयन भएको छ । त्यस्तै सदस्यहरुमा कोपिला भुल, दिलमाय भाट, डम्मर सार्की, सुनिता बम, अर्जुन सार्की, डबलबहादुर कुडमाल, पारस बम र हुकुम बम चयन भएका छन् ।
नेपाली काँग्रेस नेता भिम बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व योशदा बमले रहेकी थिईन् । नेपाल साँस्कृतिक संघ कैलालीका सभापति तथा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत ‘डोटेली कान्छा’को रहोबरमा उक्त समिति गठन गरिएको हो ।
अहिले नेपाल साँस्कृतिक संघको कैलालीले पालिका स्तरिय समिति गठन प्रकृया तिब्र पारेको नेपाल साँस्कृतिक संघ कैलालीका सभापति रावतले जानकारी दिएका छन् ।