दाङ,४ फाल्गुन । प्रहरीले ६३ वर्षीय बाबुलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाँउपालिका–३ बस्ने १९ वर्षीय गोपाल मगर रहेका छन् ।
बुधबार दिउँसो १ बजे घरायसी झै–झगडामा मगरले तरकारी काट्ने चक्कुले आफ्नै बाबुको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले बताए । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।