धनगढी, ४ फाल्गुन । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताले धनगढीमा प्रदर्शन गरेका छन्। अखिल क्रान्तिकारी र वाइसियलको सयुक्त आयोजनामा धनगढीको मुख्य बजारसहित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिएको हो।
आज नै ६ दलिय मोर्चाले नेपाल बन्द पनि गरेको छ। एमसीसी ससंदबाट पारित हुन लागेको र यो सम्झौताले देश संकटमा पर्न सक्ने भएको भन्दै बन्द गरिएको हो। बन्दका कारण बजार, शैक्षिक संस्था र सवारी साधन चल्न सकेका छैनन्।