सुखड ,३ फागुन । नेपाली काङ्ग्रेस घोडाघोडी नगरपालिका वडा नम्बर ३ को पार्टी कार्यालय उद्घाटन गरीएको छ । वडा न ३ को निम्दीमा स्थापना गरिएको वडा कार्यालयको एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले रिबन काटेर संयुक्त रूपमा पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै उनले कुनै व्यक्तिको पछाडि नभई सिङ्गो पार्टीलाई मजबुत बनाउन एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भयो । अबका दिनहरूमा काङ्ग्रेसलाई थुप्रै चुनौती रहेकाले सबैले आफूभित्रका रहेका कमीकमजोरीहरू सुधार गरेर अगाडि बढ्न उनले सबै नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
नजिकै आएको निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसलाई वडा स्तर देखि नै बलियो र समृद्ध र सुदृढीकरण गर्न सक्रिय रूपमा लाग्न उनको अनुरोध रहेको थियो । उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेस वडा सभापति, नगर सभापति, प्रदेश सभा सभापति,क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि लगायत नेता तथा कार्यकर्ताहरूका साथै कृयशिल सदस्यहरूको सहभागिता रहेको थियो ।वडा सभापति कृष्ण प्रसाद गौतमको सभापतित्वमा कार्यक्रम समापन भएको थियो ।