काठमाडौं । नेपाल, आयरल्यान्ड, ओमन र यूएईबीच फेब्रुअरी ११ देखि १४ सम्म ओमनमा हुने चार देशीय टीट्वान्टी आई सिरिजको नेपालमा प्रसारण गर्ने अधिकार एडप्याडले खरिद गरेको छ ।
एडप्याडले ग्लोबल अधिकार खरिद गरेको आईटी डब्लू नामक कम्पनीसँग नेपालको लागि प्रसारण अधिकार खरिद गरेको हो ।प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपालमा हिमालय एचडी टेलिभिजन, युट्युबमा ओएसआर स्पोर्टसले र दराज एप मार्फत हुनेछ । सो प्रतियोगीताको नेपाल प्रसारणमा प्रमुख प्रायोजन शंकर ग्रुप अन्तर्गतको “टीभीएस अपाचे”ले गरेको छ ।
एडप्याडले नेपाल क्रिकेट टिम जर्सी प्रायोजन, नेपाल भारत मैत्रीपूर्ण फुटबल प्रतियोगिता, क्रिकोणात्मक टीटवान्टी सिरिज, ईपीएल, भ्वाइस अफ नेपाल किड्स्, सक्किगोनी, क्राइम फाइल्स, जस्ता थुप्रै खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम तथा सामाग्रीहरूको निमार्ण र व्यवस्थापन गर्दै आएको छ ।
एड प्याडका प्रबन्ध निर्देशक सुरज गिरीले कुनै नेपाली कम्पनीले विदेशी कम्पनीसँग सहकार्य गरी राइटस् खरिद गरेको यो पहिलो पटक भएको बताए । “यसले अबका दिनमा पनि नेपाल सम्मिलित खेलहरू नेपाली दर्शकले हेर्न पाउने वातावरण सिर्जना गरेको छ,” उनले भने ।