काठमाडौँ, २५ माघ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ९५७ संक्रमित थपिएका छन्। यही अवधिमा ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो।
८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टिजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको हो।आज ५ हजार १०३ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३६ हजार १८१ सक्रिय संक्रमित छन् ।
हिजो (सोमबार)१ हजार ५७० नयाँ संक्रमित थपिएका थिए भने १३ जनाको मृत्यु भएको थियो। यसअघि आइतबार १ हजार ३८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो भने ११ जनाको निधन भएको थियो। शनिबार १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने शुक्रबार २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको थियो।