धनगढी, २४ माघ । धनगढीमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन गरिएको छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा एकीकृत समाजवादी निकट युवा संघ नेपाल विरोध प्रदर्शन गरेको हो।
मूल्यवृद्धि फिर्ता लिनुपर्ने मागसहित युवा संघ धनगढीको चौराहदेखि पार्कमोड र्यालिसहित प्रर्दशन गरेको हो।