२३ माघ । दाङमा स्थानीयलाई त्रसित पार्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका ३ भ्युडरस्थित खाली गोठबाट उनीहरू पक्राउ परेका हुन्।
मादक पदार्थ खाई पेस्तोल आकारको आगो बालेर स्थानीयलाई तर्साउने गरेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– ९ निवासी २५ वर्षिय सन्तोष बस्याल, सोही वडा निवासी १६ वर्षिय मनोज विक, २३ वर्षिय पोषण ओली, १७ वर्षिय विवेक बस्नेत, २१ वर्षिय अलिज मिया, वडा नं ६ निवासी २१ वर्षिय केतु ओली र वडा नं ९ निवासी १८ वर्षिय मोहन बस्नेत रहेका छन्। प्रहरीले उनीहरूको साथबाट तीन थान हसिँया, बन्चरो एक थान, खुडा एक थान र लाइटर एक थान बरामद गरेको छ।
