सरस्वती साफरी
धनगढी, १९ माघ/धनगढी उपमहानगरपालिका वडा नं ८ मा १ महिना देखि खानेपानी नभएर समस्या भएको छ । नाली बनाउन ढिला भएकोले पाइपलाइन विछ्याउन नपाएर खानेपानीको समस्या भएको हो । निकालिएका पाइपहरु बाटोमा राखिएका छन् ।
सडक जथाभावी निर्माणका लागि खन्दा खानेपानीका पाईप अस्तव्यस्त भएको छ । पाईप उप्काएपछि त्यहाका नागरिकहरु खानेपानी सेवाबाट बञ्चित भएका छन् । खानेपानीका पाइप निकालीदा १ महिना देखि घरमा खानेपानी नआएको शिबनगरकी स्थानिय खेमा एरले बताइन । खानेपानी नआउदा धेरै समस्या भएकोे बताए ।
‘सडकमा जथाभावी पाइप राखेको छ, घरमा खानेपानी नआएको महिना दिन भैसक्यो’ क्याम्पस चोकका नरहरी सापकोटाले भने–‘पानीको निकै समस्या भएकोछ खानेपानी कार्यलयका फोन गर्दा पनि फोन उठ्दैन ।’
शिवनगर खानेपानीका कर्मचारी गणेश मलासीले नाली नबन्दा खानेपानीका पाइपहरु जडान नभएकाले केहि ठाउमा खानेपानी बन्द भएको बताए । सडक बनिरहेकाले खानेपानीका पाइप सार्ने काम भइरहेको उनले बताएका छन । सहित खानेपानीका पाइप सार्नु पर्ने अवस्था आएर खानेपानी घरमा जान रोकिएको मलासीले स्वीकारेका छन् ।
यता हुलाकी सडकका सब इन्जिनियर महेन्द्र खड्काले आफुहरुले क्याम्पस चोक क्षेत्र हुलाकी सडकको काम भैरहेकोले पाईप उप्काएको बताएका छन् । ‘एक र दुई दिनमा सक्किने र पानीको पाइप सेटिइङ गर्न बाकी छ’ इन्जिनियर खड्काले भने–‘अब केहि समयमा काम सकिएर पाईप सुधार्छौ ।’हुलाकी सडक डिभिजन कायलय धनगढीको क्याम्पस चोकदेखि सडक निमार्ण भइरहेको हुर्दा खानेपानीका पाइप नाली भन्दा बाहिर सार्नुपर्ने भएकोले तिन हजार एक सय २५ घरमा खाने पानी पाईरहेका छन् भन ७५ घरमा खानेपानी सेवाबाट बञ्चित भएका छन् । निर्माण कम्पनी बिच सल्लाह अनुसार चाडै मर्मत गरी पाईपामा सुधार गर्ने प्रतिबद्धता जनाएको शिवनगर खानेपानीका अदक्ष्य राजेश कुमार खातीले बताए ।
