• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

फुलबारीमा सुदूरपश्चिम कृषि, पशु हाटबजार, उद्घाटन भयो, संचालन भएन

धनगढी, १९ माघ/कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–१८मा संचालन गरिएको सुदूरपश्चिम कृषि तथा पशु हाटबजार सञ्चालन हुन सकेको छैन् ।
उद्घाटन भएको १ वर्ष भन्दा बढी समय बितिसकेको भए पनि संचालनमा आउन सकेको छैन् । हाटबजार संचालन हुने भएपछि स्थानीयले कृषिजन्य उत्पादनले बजार पाउने आशा गरेको सो आशा निराशामा परिणत भएको छ ।

गतवर्ष २०७७ पुस १२ गतेका ठुलो तामझामका साथ एक भब्य समारोहका बिच धनगढी उपमहानगरपलिकाका नगर प्रमुख नृप बहादुर वडले हाटबजारको उद्घाटन गर्दै किसानले उत्पादन गरेको कृषिजन्य बस्तुले बजार पाउने बिश्वास गरेका थिए ।नगरप्रमुख वडले भनेजस्तो नत सो हाट बाजार उद्घाटन भए पछि संचालनमा नै आयो नत सो हाटबजारमा गएर किसानहरुले आफ्नो उत्पादन नै बिक्री बितरण गर्न पाए । उद्घाटन गरिएपछि हाटबाजर स्थलको मूल गेटमा ताला मात्र लागिरह्यो ।
हाटबजारको उद्घाटनपछि १–२ दिनमात्र सो हाटबजार संचालन भएपनि त्यसपछि कहिल्य पनि हाटबजार संचालनमा नआएको स्थानिय वर्षा बस्नेतले बताईन् ।
हाटबजार विक्री केन्द्र मात्रै नभई संकलन केन्द्रको रुपमा प्रदेशकै नमुना हाटबजार बनाउने लक्षका साथ संचालन गरिएको हाटबजार संचालनमा नआउदा अलपत्रमा परेको स्थानिय किसानहरुको बताएका छन् ।

हाटबजार संचालनमा आएपछि बिक्री गर्न नसकेर बारीमै तरकारी कुहाउनु पर्ने अथवा महंगो भाँडा तिरेर धनगढी लगेर बिक्रीगर्नुपर्ने बाध्यता हट्ने बिश्वास गरेको तर त्यस्तो हुन नसकेको स्थानिय किसान टेकराज ओझाले बताए ।तरकारी, पशुपंन्छी लगायत वस्तु खरिद बिक्रीगर्न सकिने लक्षका साथ स्थापना भएको सो हाटबजारको उद्घाटन गरियो तर संचालनमा नआउदा स्थानिय किसानहरुमा निराशा पैदा भएको किसान ओझाको भनाई छ । सो हाटबजार संचालन गर्न बनाईएको ब्यबस्थापन समितिको गैर जिम्मेवारीका कारण हाटबजार अलपत्रमा परेको उनकोको भनाई छ ।

कृषिजन्य बस्तुहरुको बिक्रि वितरण तथा संकलन गरेर किसानहरुको आय अर्जनमा मद्दत पुग्ने उदेश्श्यले संचालनमा आएको हाटबजार संचालन हुन नसकेको धनगढी उपमहानगरपालिका वडा नम्बर –१८का वडा अध्यक्ष मुरारी अधिकारीले बताए । ब्यबस्थापन समितिले पनि हाटबजारको ब्यबस्थापन गर्न नसकेको अध्यक्ष अधिकारीको भनाई छ ।यता धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादर वडले उद्घाटन गरिए पनि कार्यबिधि नबन्दा संचालनमा आउन नसेकोको बताए । उनले भने “मैले कार्यबिधि बनाएर टेन्टर प्रक्रियामा लैजान निर्देशन दिई सेकाको छु । ” अब कोराना महामारी नियन्त्रणमा आउने बितिक्कै संचालन गरीने नगर प्रमखु वडले बताए ।

धनगढी उपमहानगरपालिकाको ६७ लाख रुपैयाँ, कृषि ज्ञान केन्द्रको १५ लाख रुपैया र व्यवस्थापन समितिको ३० प्रतिशत रकम गरी एक करोड ३५ लाख रुपैयाँ बराबरको लगानीमा हाटबजार संचालनमा ल्याईएको थियो । हाटबजार संचालन स्थलमामा एक गोदामघर, कृषकहरूलाई उत्पादित वस्तु बिक्रीगर्ने संरचना हाल अलपत्र अबस्थामा रहेको स्थानियले बताएका छन् ।

बुधबार, माघ १९, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.