धनगढी, १९ माघ । सुदूरपश्चिममा नेकपा एमाले निकट अनेरास्ववियूले आन्दोलन गर्ने भएको छ। प्रदेशका सबै जिल्लाहरुमा अनेरास्ववियूले सरकारविरुद्ध आन्दोलन गर्ने भएको हो।
पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि, भ्रष्टाचारका विरुद्ध आन्दोलन गर्ने अनेरास्ववियू प्रदेश कमिटीले जनाएको छ। एक विज्ञप्ती जारी गर्दै प्रदेशका सबै जिल्लाहरमा विरोध स्वरुप आन्दोलन गर्ने जनाएको हो।
आज मात्रै अनेरास्ववियू र राष्ट्रिय युवा संघले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा धनगढीमा प्रदर्शन गरेको थियो। उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पनि प्रदर्शन गरेका थिए।