काठमाडौँ,१८ माघ । प्रधानमन्त्री शेरबहादुर दउवाले यहि जेठभित्र चुनाव हुने बताएका छन् । उनले जेठभित्र चुनाव हुने भएकाले आफ्नो नेता कार्यकर्तालाई तयारी रहन पनि निर्देशन दिएका छन् ।
आज नेपाली कांग्रेसको बागमति प्रदेश समितिको पदाधिकारीसँग कुराकानी गर्दै देउवाले जेठमा स्थानीय तहको निर्वाचन हुने र त्यसको लागि कांग्रेसले तयारी गरिरहेको भन्दै नेता कार्यकर्तालाई पनि तयारी रहन निर्देशन दिएको हो ।
उनले सत्ता गठबन्धनमा जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भइसकेको जानकारी दिएका थिए । देवाले निर्वाचन आयोगसँग छलफल गरेर मिति तोक्ने तयारी गरिरहेको कार्यकर्तालाई जानकारी दिएका थिए ।