धनगढी, १८ माघ/कैलालीको घोडाघोडी नगरपालिका ६ प्रतिखेतमा स्वास्थ्य सेवा केन्द्र कैलालीको भवन सम्पन्न नहुदै ठेकेदारले भुक्तानी लिएका छन् ।
रामारोसन निर्माण सेवा योजना निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी आफुले गर्नु पर्ने सम्पूर्ण कार्य सकिेर भुक्तानी लिईसकेका छन् । निर्माण काम सकेर भवन निर्माण बाफत पाउनु पर्ने सम्पूर्ण भूक्तानी समेत नगरपालिकाबाट लएको निर्माण व्यवसायी खडक बोगटी बताउछन् ।
योजना शाखाको वार्षिक प्रगति प्रतिबेदन २०७७/७८ मा नगरपालिका वडा–६, को प्रतिखेतमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागी भन्दै ३४ लाख ६ हजार रकम बढिमा रामारोसन निर्माण सेवा संग भवन निर्माणको नगरपालिकाले सम्झौता गरेको थियो ।आर्थिक वर्ष २०७६/७७ मा क्रमागत योजना कार्यक्रम अनुसार दुइ आर्थिक वर्ष भित्रमा वडाको स्वास्थ्य सेवा केन्द्र निर्माणको काम सम्पन्न गरि हस्तान्तरण गरिनु पर्ने हो । तर स्वास्थ्य सेवा केन्द्रको भवन बाहिर बाट झट्ट हेर्दा राम्रै देखिए पनि भवनको भित्र पट्टी भित्ताहरु प्लास्टर, रङरोगन देखि पलम्वीङ लागाएका काम आज सम्म पनि अधुरै रहेको छ ।
स्थानिय नागरिक बाट पट्क पट्क वडाको स्वास्थ्य सेवा केन्द्र भवन निर्माणको सम्बन्धमा निर्माण व्यवसायीको काम प्रति तिब्र आलोचना गर्दा समेत निर्माणाधिन अधुरै योजनालाइ ६ महिना पहिले नै कगजी रुपमा सम्पन्न गरेर जनप्रतिनिधिले कमिसन खाएको निर्माण व्यवसायी बोगटीले बताएका छन् ।
तिन वटा मात्र कोठा रहेको स्वास्थ्य सेवा केन्द्र भवन निर्माणको लागतमा समेत स्थानियले आशंका गरेका छन् । भवन निर्माणको विषयमा जनप्रतिनिधिले कुनै जवाफ दिन नमाने पनि भवन निर्माणको जिम्मा पाएको रामारोशन निर्माण सेवाका संचालक निर्माण व्यवसायी खडक बोगटीले भने आफुले विभिन्न चरणमा चन्दा र कमिसन बाढेको बताएका हुन ।
