धनगढी, १६ माघ/कैलालीको सुक्तिकाडा नदिमा पक्की पुल निर्माण कार्य सुरुभएको छ ।घोडाघोडी नगरपालिका वडा–२, र ६ को सिमानामा पर्ने सुक्तिकाडा नदिमा पुल नहुदा स्थानिय नागरिकलाइ वर्षा याममा आवत जावतमा निकै समस्या हुने गरेको थियो ।
त्यसो त घोडाघोडी नगरपालिका वडा–६, लाइ अन्य वडा तथा स्थानिय बजार संग जोडने प्रमूख बाटोमा पर्ने सुक्तिकाडा नदिमा रहेको काठेपुलमा स्थानिय नागरिक जोखीमपूर्ण यात्रा गर्न बाध्य थिए ।“५ वर्ष पहिले चुनावी नार लगाउदा पूल बनाउछौं भनेका थिए, नेताले यस बिचको समयमा हामीले पनि धेरै करायौं, पुल निर्माणको लागी अब पूल बन्ने भयो ।” सुक्तिकाडा नदिमा पुल निर्माणको काम सुरु भएको हुदा, आफुलाइ धेरै खुशी लागीरहेको स्थानिय नागरिकले बताए ।
चालु आर्थिक वर्ष २०७८÷७९ मा सुक्तिकाडा नदिमा पुल निर्माणको लागी २ करोड ७० लाखको लागतमा २५ महिना भित्र योजना निर्माण कार्य सम्पन्न गर्नु पर्ने सर्त सहित घोडाघोडी नगरपालिकाले रेखा निर्माण सेवा संग योजना निर्माणको सम्झौता गरेको छ ।
