धनगढी, १६ माघ/प्रहरीले कञ्चनपुरबाट २२ किलो १५० ग्राम लागुऔषध चरेश बरामद गरेको छ । प्रहरीले जिल्लाको बेलौरी नगरपालिका–३, बुटावारीबाट चरेश बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीको गस्ती टोलीले यूपी ३१ एपी २२५६ नम्बरको मोटरसाईकलमा हरियो कट्टामा डोरीले बाँधेर राखेको अवस्थामा शंका लागि चेकजाँच गर्दा ४० पोका ठूलो र ४० पोका सानो गरी ८० पोका चरेश बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।