धनगढी, १३ माघ/ धनगढी उप–महानगरपालिका वडा नं ५ को वडा कार्यालय भवनको बिहीबार उद्घाटन गरिएको छ ।धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले भवनको उद्घाटन गरेका हुन । नगरप्रमुख नृपबहादुर वडले १९ वटा वडा कार्यालयहरु मध्य अधिकांस वडाको भवन निर्माण सम्पन्न भैसकेको बताए ।
वडा कार्यालय ब्यबस्थीत नभए सम्म वडा तहको कार्य सम्पादन ब्यबस्थीत हुन सक्दैन नगरप्रमुख वडले भने, त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौं ।नगर उप–प्रमुख सुशीला मिश्र भट्टले नगरका वडा कार्यालय भवनहरु निर्माण गर्न पाउदा खुसी लागेको बताईन । उनले भनिन्, ब्यबस्थीत वडा कार्यालय भवनहरु निर्माण भएका छन् यसले कर्मचारी र सेवाग्राही सबैलाई सहज भएको छ ।
वडा नं ५ का वडा अध्यक्ष हिरा सिं पातलीले वडा कार्यालय भवन निर्माणका लागि सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद दिए । वडा कार्यालय जाई भैरवमन्दिर नजिक रहेको छ । सोही अवसरमा नगर प्रमुख वड र उप–प्रमुख भट्टले सामुदायीक स्वास्थ्य भवनको पछि उद्घाटन गरेका छन् ।