धनगढी, १२ माघ/ नेपाल सरकारको मन्त्रीपरिषदको बैठकले कञ्चनपुर र कैलालीमा एकीकृत फोहोरमैला व्यवस्थापन प्लान्ट स्थापना गर्न वन क्षेत्र पर्ने जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
एकीकृत फोहोरमैला व्यवस्थापन प्लान्ट स्थापना गर्न कञ्चनपुरको शुक्लाफाट नगरपालिका र कैलालीको गोदावारी नगरपालिका योजना लागु भएको छ । त्यहाको वन क्षेत्र पर्ने भएको जग्गा भोगाधिकारको समस्याले काम अल्झिदै आएको थियो ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकको निर्णय बुधबार सार्बजनिक गर्दै जग्गा प्रयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।