काठमाडौँ, १२ माघ । गएको २४ घण्टामा नेपालमा ८ हजार ४५४ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २० हजार ३५९ को परीक्षण गर्दा सो संख्यामा संक्रमति थपिएका हुन्।आज ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
आज देशभर ९० हजार ६७ जना सक्रिय संक्रमित रहेका छन्।२४ घण्टाको संक्रमणदर ४१.१ प्रतिशत रहेको छ। यो संक्रमणदर अत्यधिक रहेको मन्त्रालयले जनाएको छ। अर्थात, सय जनामा परीक्षण गर्दा ४० जना भन्दा धेरै जनामा संक्रमण देखिरहेको छ।
डेल्टा भेरियन्टले भन्दा यस लहरमा आईसीयूमा भर्ना हुने दर ४ गुणा र भेन्टिलेटरमा पुग्ने दर ५ गुणा कम रहेको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन्।