धनगढी, १२ माघ । सुदूरपश्चिममा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि भएको मतदान सकिएको छ। नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीले पहिलो मतदान गरेर शुरु भएको थियो।
५२ प्रदेशसभा सदस्य र १७५ स्थानीय तहका जनप्रतिनिधिहरु कुल २२७ मतदाता रहेका थिए। ९ बजेबाट शुरु भएको मतदानमा शतप्रतिशत मत खसेको निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए।
प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमदत्त भट्टका अनुसार दिउँसो ३ बजेबाट मतगणना शुरु हुनेछ। प्रदेशमा पाँच दलको गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने छ।
पाँच दलको गठबन्धनबाट नेपाली कांग्रेसका कैलालीका नारायणदत्त मिश्रले अन्य, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) पार्टीका मदनकुमारी ९गरिमा० शाह र दलितमा नेकपा माओवादीका जगत पार्कीले उम्मेदवार रहका छन।
त्यस्तै, नेकपा एमालेबाट अन्यमा डोटीका डिल्लीराज भट्ट, महिलामा कैलालीका सन्तोष कुमारी शर्मा थापा र दलितबाट बैतडीका नरेश विकले उम्मेदवार रहेका छन। प्रदेशसभा सदस्य अम्बि थापाले अन्तिम मतदान गरेका थिए।