• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

चोरी–तस्करी बढ्दा कैलालीको सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी

भजनी, ११ माघ । खुला सीमानाकाबाट चोरी–तस्करी बढेपछि सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ। कोरोनाको दोस्रो लहरका कारण जनजीवन प्रभावित भएको अवस्थामा सीमानाकामा गरिएको कडाइका कारण चालु आर्थिक वर्षको दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको भन्सार कार्यालयले सीमानाकामा आवागमन सहज भएसँगै चोरी–तस्करीका घटना बढेपछि भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको हो।

भन्सार कार्यालय सत्तीका प्रमुख विमलकुमार शाहले खुला सीमाका कारण आवागमनमा सहज हुन थालेपछि चोरी–तस्करीबाट सामानको आयात हुन थालेपछि राजस्व सङ्कलनमा कमी आएको बताए। “साउन, भदौतिर मोहोना नदीबाट सहजरूपमा आवतजावत हुँदैन। त्यस समयमा भन्सारबाट सामान भित्रिने भएका कारण चोरी–तस्करी कम हुन्छ र राजस्वमा वृद्धि भएको देखिन्छ”, कार्यालय प्रमुख शाहले भने, “अहिले नदीबाट सहज आवतजावत हुनु र सीमा पूर्णरूपमा खुला भएकै कारण पनि राजस्व सङ्कलनमा निकै कमी आएको छ।”

उनले सीमानाकामा रहेको सशस्त्र प्रहरीको निगरानी कम भएका कारणले पनि चोरी–तस्करीका घटना बढ्दै गएको बताउँदै प्रहरीको काम नै चोरी–तस्करी कम गर्ने भए पनि त्यसमा प्रहरीको चासो कम भएको बताए। सत्ती भन्सार कार्यालयले पुस महिनामा लक्ष्यभन्दा निकै कम राजस्व सङ्कलन गरेको छ। भन्सार कार्यालयले पुसमा एक करोड ७७ लाख ६६ हजार राजस्व सङ्कलन गर्नुपर्ने लक्ष्य रहेकामा ६९ लाख ५४ हजार ४१५ मात्रै सङ्कलन भएको छ। भन्सार कार्यालयले असोजदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेको छैन।

असोजामा एक करोड ६५ लाख ५० हजार, कात्तिकमा एक करोड ७३ लाख ७६ हजार र मङ्सिरमा एक करोड ७६ लाख ५२ हजार राजस्व उठाउने लक्ष्य राखेकामा असोजमा एक करोड २० लाख ८३ हजार १२, कात्तिकमा एक करोड नौ लाख पाँच हजार ४४७ र मङ्सिरमा एक करोड १० लाख ९६ हजार १९४ राजस्व सङ्कलन गरेको छ। प्रतिशतमा पनि असोजमा ७३, कात्तिकमा ६२ दशमलव ७६, मङ्सिरमा ६४ र पुसमा ३९ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको छ।

चालु आवको साउन र भदौमा भने भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख शाह बताउछन्। उनका अनुसार साउनमा एक करोड ७२ लाख २० हजार ८८५ र भदौमा एक करोड ९० लाख नौ हजार ७३४ राजस्व सङ्कलन भएको थियो। साउन र भदौमा एक करोड २२ लाख ५४ हजार र एक करोड ६५ लाख ९७ हजार राजस्व सङ्कलनको लक्ष्य थियो। २० करोड ५८ लाख ६१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको सत्ती भन्सार कार्यालयले छ महिनाको अवधिमा सात करोड ७२ लाख ६९ हजार ६८७ मात्रै सङ्कलन गरेको कार्यालय प्रमुख शाह बताउँछन्।

उनले वार्षिक लक्ष्य भेट्टाउन मुस्किल देखिएको बताउँदै बजारमा देखिएको आर्थिक मन्दीका कारणले पनि पुसमा सामान आयात कम भएको बताए। “एकातिर आर्थिक मन्दीको असर पनि पर्यो। अर्कातिर सीमानाका खुला हुँदा दैनिक उपभोग्य सामानको लागि भारतीय बजार जानेका कारण नेपाली बजारमा कारोबार कम भएकाले पनि भन्सारको राजस्वमा असर परेको देखिन्छ, सीमानाकामा कडाइ हुनसक्यो र आयात हुने सामान भन्सार भएर आउने वातावरण बन्यो भने वार्षिक लक्ष्य भेट्टाउन त्यत्ति गाह्रो छैन।”

गत आवमा सीमानाकामा भएको कडाइका कारण भन्सारले लक्ष्यभन्दा ११ प्रतिशत बढी राजस्व सङ्कलन गरेको थियो। १४ करोड २३ लाख ४८ हजार लक्ष्य रहेकामा भन्सारले १५ करोड ८३ लाख सात हजार ९७३ राजस्व सङ्कलन गरेको थियो।

मङ्गलबार, माघ ११, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.