• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कञ्चनपुरको गड्डाचौकी नाकामा आवतजावत बन्द

महेन्द्रनगर ९ माघ/कोभिड १९ संक्रमण बढेपछि कञ्चनपुरको गड्डाचौकी नाकाबाट अत्यावश्यक काम बाहेक सीमा नाकामा आवतजावत बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड व्यवस्थापन समितिको आइतबार बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि नाकामा आवतजावत बन्द गने निर्णय गरेको हो ।

‘कोभिड १९ को संक्रमणका कारण मिति २०७८/१०/०९ गते राति १२ः०० बजे देखि अर्को व्यवस्था नभएसम्मका लागि अत्यावश्यक कार्य बाहेक सीमा नाकामा भारततर्फ हुने आवतजावत (साईकल मार्फत हुने क्यारिङ्ग समेत) नगर्ने नगराउने’ समितिको निर्णयमा भनिएको छ ।मितिले अति आवश्यक कामले जानु पर्ने भएमा सम्बन्धित कागजात र कोभिड १९ विरुद्ध खोप लगाएको कार्ड सुरक्षाकर्मीलाई अनिवार्य रुपमा देखाउनु पर्ने निर्णय गरेको छ । ती कागजात र खोप लगाएको कार्डको मोबाइलमा तस्बिर समेत देखाए पनि हुने निर्णयमा उल्लेख छ ।

समितिले कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रणका लागि सबै पालिकामा जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारी निकाय, स्थानिय तह, गैर सरकारी निकाय, संघ सस्था, नेपाल पत्रकार महासंघ लगायतका सरोकारवाला निकायसित सहकार्य र समन्वयमा जन चेतना मुलक कार्यक्रम र मास्क अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।समितिले विवाह, बर्तबन्ध जस्ता सामाजिक कार्यमा २५ जनाको संख्या नबढाई गर्ने र नित्य धार्मिक पूजा प्रार्थना बाहेकका धार्मिक भेला तथा कार्यक्रमहरु हाललाई सञ्चालन नगर्ने निर्णय गरेको छ ।

एम्बुलेन्स सेवा प्रदायिक संस्थाहरुलाई आफुले संचालनमा ल्याईएका एम्बुलेन्सरुमा अनिवार्य रुपमा जि।पि।एस। राख्न लगाउने र कोभिड १९ को संक्रमण रोकथाम र न्यूनीकरणको लागि सरकारको निर्णय सबै सुरक्षा निकाय लगायत सबै सरोकारवाला निकाय र संघ संस्थासित समन्वयात्मक रुपमा परिचालन हुने समितिको निर्णय छ ।समितिका संयोजक प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेको अध्यक्षतामा बैठक बसेको थियो । पश्चिमी सीमा नाका गड्डाचौकीका कारण कञ्चनपुर कोभिड १९ संक्रमणको उच्च जोखिममा छ ।

आइतबार, माघ ०९, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.