धनगढी, ९ माघ/चर्चित गायक तथा मोडेल रोशन सिंहले नयाँ म्युजिक भिडियो ‘राम राम सत्य छ’ बजारमा ल्याएका छन् ।
सिहले एप्लस युट्युव च्यानाल मार्फत आईतबार साझ उनी आफ्नो म्युजिक भिडियो सार्बजनिक गरेका छन् । सिहको शब्द र संगीतमा रहेको ‘राम राम सत्य छ’ गितामा गायक प्रमोद खरेलले स्वार भरेका छन् ।
भिडियोमा मोडल अभि लामा र सिर्जना जिसीको अभिनय रहेको छ । ‘भुपु माया’ बोलबाट चर्चा कमायर सिरिज गित बजारमा ल्याईरहेका सिहले यो गितले पनि आभस्रोताहरुको मन जित्ने आशा लिएको सुदूरपत्रलाई बताए ।