सरस्वती साफरी
धनगढी, ४ माघ/धनगढी उपमहानगरपालिकामा अटो–रिक्सामा लगाएको जोर विजोर प्रभाबकारी बन्दै गएको छ । अटोरिक्साका कारणले हुने दुर्घटनामा कमि तथा बजारमा हुने भिडभाडमा कमी आएपछि जोरबिजोर प्रणाली प्रभावकारी भएको हो ।
धनगढी उपमहानगरपालिका क्याम्पस रोडका अटो चालक सुरज चौधरीले अटो–रिक्सामा लगाएको जोर बिजोर प्रणालीले बजारमा अटोरिक्सा चलाउन सहज भएको बताए । बिगतमा साह्रै भिडभाड हुने गर्दथ्यो उनले भने अहिले बजारमा भिडभाड कम हुँदा सहज भएको हो ।
धनगढी उपमहानगरपालिका जाईकी अटो चालक मिलन नेपालीले जोर विजोर प्रणालीले गर्दा सिमित ठाउँमा अटो चलाइने र पहिलाको भन्दा अहिले कमाईमा पनि राम्रो भएको बताइन । जोरबिजोर प्रणाली लागु हुनुभन्दा अगाडी चालकहरुबिच एकअर्कामा रिसिबी हुन्थ्यो तर अहिले भने चालकहरु मिलेर चलाउने गरेको नेपालीले बताईन ।
धनगढी अटो रिक्सा संघका अध्यक्ष मिन राज जोशील अटो रिक्साहरुमा हुने जोर विजोर प्रणाली धेरै भिडभाड हुने ठाउँमा लागु गरेको बताए । साथै उनले यातायात कार्यालयले पनि नयाँ अटो रिक्सा दर्ता गर्न रोक गरेको बताए ।
जिल्ला ट्राफिक कार्यालय धनगढीका प्रमुख वकिल सिहले पुस २१ गते देखि लागु भएको जोर बिजोर प्रणालीले यात्रुहरुलाइ हिड्डुल गर्न सहज भएको छ र पुस महिना भरिमा अटो रिक्साका कारणले एउटा पनि दुर्घटना नभएको बताए ।
जोर बिजोर प्रणाली बिहान ८ बजे देखि ११ बजे सम्म र बेलुका ३ बजे देखि साझँ ५ बजे सम्म लागु हुने गरेको सिहंले बताए । उनले भने जोर बिजोर प्रणाली धनगढीको क्याम्पस रोड देखि चौराहा सम्म लागु भईरहेको बताए । नगर भित्र ठूलो संख्यामा अटो रिक्सा चल्न थालेपछि व्यवस्थापनका लागि सबै पक्षसँग छलफल गरि जोरबिजोर प्रणाली लागू गरेको उनले बताए ।
धनगढी उपमहानगरपालिकाकी उपमेयर सुसिला मिश्र भट्टले बजार व्यवस्थित गर्न र अटो रिक्साहरुलाई व्यवस्थित गर्नका लागी जोर बिजोर प्रणाली लागु गरेको बताईन् । उनले अटो रिक्साहरुलाई व्यवस्थित गर्नका नगरपालिकाले अझप्रयास गर्ने बताईन् ।