• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

 त्रिनगर भन्सार नाकाबाटै सम्पर्कविहीन हुन्छन् संक्रमित

धनगढी, ४ माघ । कोरोना पोजेटिभ देखिएकाहरु सीमा नाकाबाटै भाग्न थालेका छन् । त्रिनगर भन्सार नाकामा एण्टीजेन परिक्षण गर्दा पोजेटिभ देखिएकाहरु सम्पर्कविहीन हुने संख्या बढ्दो छ । एण्टीजेन पोजेटिभ देखिएका १५–२० जना दैनिक सम्पर्कविहीन हुने गरेका स्वास्थ्य परिक्षणमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।

भारतबाट फर्केनेको संख्या बढेसँगै संक्रमण फेला पर्ने दर पनि केही दिनयता तीव्र रुपमा बढीरहेकाको छ । भीड बढेका बेला संक्रमण देखिएकाहरु सम्पर्कविहीन हुने गरेका त्रिनगनर नाकाको हेल्थ डेस्कका इन्चार्ज अहेब गणेश साउँदले बताए ।

‘दैनिक १५–२० जना संक्रमित सम्पर्कविहीन हुन्छन् । भीडभाड धेरै हुन्छ, यत्रो भीडमा को कतिबेला छलेर जान्छ थाहै हुँदैन ।’ अहेब साउँदले भने, ‘त्यसरी जानेहरु सार्वजनिक यातायातमै घर जान्छन् होला, यसले संक्रमण फैलने जोखिम बढेको छ ।’ कतिपय रिपोर्ट आउनुअघिनै र कतिपय रिपोर्ट लिएर सम्पर्कविहीन हुने गरेका स्वास्थ्यकर्मीले बताएका छन् ।

एण्टीजेन जाँच गर्ने स्थान नजिकै पोजेटिभ देखिएकालाई तत्काल राख्न त्रिपालको टेण्टभित्र बस्ने व्यवस्था गरिएको छ । भारतबाट फर्कनेको भीड बढेका बेला टेण्टको छेउसम्मै परिक्षण गर्नेहरुको लाइन लाग्छ । भीड बढ्न थालेसँगै संक्रमितहरु बेपत्ता हुने क्रम बढेको हो ।

भारतबाट फर्कनेको घुँइचोले नाकामा व्यवस्थापन अस्तव्यस्त छ । भीडमा परिक्षण नगरेर जानेको संख्या पनि उत्तीकै छ । नाकामा सुरक्षाकर्मीको संख्या कम हुँदा भीड व्यवस्थापन गर्न र संक्रमितलाई रोकेर राख्न हम्मेहम्मे भइरहेको देखिन्छ । त्रिनगर नाकामा सडकभन्दा केही तल त्रिपालको टेण्ट बनाएर एण्टीजेन परिक्षण गर्न हेल्थ डेस्क राखिएको छ । कतिपय व्यक्ति परिक्षण नगरेरै गइरहेका छन् ।

डेस्कमा भीड व्यवस्थापनमा दुई जनामात्रै सुरक्षाकर्मी खटिने गरेकाले व्यवस्थापनमा समस्या भइरहेको अहेब साउँदले बताए । ‘दुई जनाले भारतबाट आउनेको लाइन व्यवस्थापन गर्ने कि पोजेटिभ देखिएकालाई रोकेर राख्ने रु’ उनले भने, ‘लाइन व्यवस्थापनमा रेडक्रसका स्वयम् सेवक पनि खटिएका छन् तर धेरैले प्रहरीबाहेक अरुलाई टेर्दैनन् ।’ यात्रु पाउने आशमा नाकासम्मै पुग्ने रिक्सा चालकले पनि संक्रमितलाई भगाउन मद्दत गर्ने गरेका उनले बताए । नाकामा केहीदिनयता परिक्षण दर भने बढाइएको छ ।

नाकामा एण्टीजेन पोजेटिभ देखिएकालाई धनगढी उपमहानगरपालिका–१५, कनरीस्थित आइसोलेसनमा लग्ने व्यवस्था गरिएको छ । संक्रमित बोक्न एउटा एम्बुलेन्स खटाइएको छ तर उक्त आइसोलेसनमा जानेको संख्या न्यून छ । कतिपय घरमै आइसोलेसनमा बस्ने भनेर जाने गर्छन् ।

कैलाली, कञ्चनपुर घर भएका संक्रमितलाई सम्बन्धित वडाको सिफारिसमा घर पठाउने गरिएको छ । त्यसरी जान चाहनेलाई निजि गाडीमा मात्र जान दिने गरिएको स्वास्थ्यकर्मीले बताएका छन् । तर उनीहरु कसरी गए र घरमा आइसोलेसनमा बसे÷बसेनन् त्यसको जानकारी कुनै निकायमा छैन । नाकामा भइरहेको लापरबाहीले समुदायमा पनि संक्रमण फैलने जोखिम बढेको छ ।

मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.