• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कञ्चनपुरमा ‘बुस्टर डोज’ को खोप नै आएन

कञ्चनपुर, ३ माघ । सरकारले अग्रपंक्तिमा रहेकालाई आइतबारदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिने घोषणा गरे पनि कञ्चनपुरमा खोप छैन । ‘खोप नै आइसकेको छैन,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भने, ‘अझै दुईरतीन दिन लाग्न सक्ने देखिन्छ ।’

अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीलगायतलाई विगतमा कोभिसिल्ड र अस्ट्राजेनेका खोप दिइएको थियो । अहिले पनि सोही खोप आवश्यक पर्छ ।

कञ्चनपुरमा अग्रपंक्तिमा खटिनेका लागि १५ देखि २० हजारसम्म खोप आवश्यक पर्ने स्वास्थ्य कार्यालय प्रमुख सुनारले बताए । उनीहरूलाई पहिलो मात्रा गतवर्ष फागुनमा र दोस्रो मात्रा वैशाखमा दिइएको थियो ।

स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा हालसम्म ३ लाख बढीले पहिलो मात्रा खोप लगाएका छन् । जिल्लामा १८ वर्षमाथिका ३ लाख ५२ हजार ९ सय ६२ मध्ये ८६ प्रतिशत ९३ लाख ५ हजार ७ सय २७० ले पहिलो मात्रा लगाएका छन् । दोस्रो मात्रा खोप लगाउनेको संख्या भने ६८ प्रतिशत ९२ लाख ४० हजार ८ सय ६२० छ । पुस मसान्तसम्म ६६ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखिएको थियो ।

पहिलो मात्रासमेत नलगाएकाका लागि अहिले पनि जिल्लाभरिका स्वास्थ्य संस्थामा जान्सन एन्ड जान्सन खोप लगाउने काम भइरहेको स्वास्थ्य कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले बताए । उनका अनुसार अहिले भारतबाट घर फर्किनेहरूलाई पनि गड्डाचौकी नाकामा यही खोप लगाउने काम भइरहेको छ ।

‘जिल्लाका सबै स्वास्थ्य संस्थामा जान्सन खोप उपलब्ध छ,’ कुँवरले भने, ‘तर स्थानीय खोप लगाउनै आउँदैनन् ।’ उनका अनुसार १८ वर्षमुनिका २५ हजार बालबालिकालाई मोडर्ना खोपसमेत दिइएको बताए । अहिले मोडर्ना खोप सकिएका कारण थप बालबालिकालाई दिन नसकिएको उनले बताए ।

कोरोना संक्रमणको पहिलो लहरका बेला संक्रमित हुनेको संख्या कम थियो । त्यति बेला संक्रमणबाट मृत्यु हुनेको संख्या पनि निकै कम थियो । यही कारणले खोप अभियान सुरु हुँदा सर्वसाधारण मात्रै नभई कतिपय स्वास्थ्यकर्मीले समेत खोप लगाएनन् । खोपबाटै हुने असरबारे विभिन्न अफवाहका कारणसमेत उनीहरूले खोप लगाएनन् ।

दोस्रो लहरमा संक्रमित हुनेसँगै मृत्यु हुनेको समेत संख्या निकै बढेपछि खोप लगाउन चाहनेको संख्या निकै बढ्यो । साउन–भदौमा खोप अभियान सुरु हुँदा खोप केन्द्रमा तँछाडमछाड नै भयो । दोस्रो लहरको संक्रमण कम हुँदै गएपछि फेरि खोपप्रतिको आकर्षण कम भएको छ ।

अहिले पनि जिल्लामा १४ प्रतिशतले एक मात्रासमेत लगाएका छैनन् । हरेक स्वास्थ्य केन्द्रमा खोप उपलब्ध हुँदासमेत स्थानीय खोप लगाउन आइरहेका छैनन् । तेस्रो लहरबाट जोगिनसमेत खोप अनिवार्य भएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

सोमबार, माघ ०३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.