धनगढी, २ माघ । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको हो । आफ्नो सम्पर्कमा रहेका सबैलाई सर्तकता अपनाउन उनले आग्रह गरेका छन् ।
भण्डारी एमाले कैलाली र कञ्चनपुरको सपथ ग्रहण कार्यक्रममा समेत सहभागी थिए ।