काठमाडौं । प्रधानमन्त्री ९पीएम० कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र प्रदेश नं। १ बीचको स्थगित खेल सोमबार हुने भएको छ ।पुलिस र प्रदेश १ बीचको खेल आज शनिबार तय थियो । तर, प्रदेश १ का खेलाडीमा कोभिड-१९ को आशंका भएपछि खेल स्थगित गरिएको थियो ।
नेपाल क्रिकेट संघले स्थगित खेल सोमबार हुने जनाएको छ ।क्यानले प्रदेश १ का एक खेलाडीमा कोभिड-१९ को संक्रमण देखिएको समेत जनाएको छ ।समूह ‘ए’ अन्तर्गत पुलिसले अघिल्ला तीन खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ । यता प्रदेश १ ले दुई खेलमा एक अंक जोडेको छ र सेमिफाइनलको सम्भावना कायमै राखेको छ ।